प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
कार्तिक २०७८
अबिरल बर्षाका कारण भएको मानवीय, चौपाया,धनजनको क्षतिको विवरण (०७।०९ गतेको थप अपडेट सहित ):-
२०७८-०७-०७

मानविय क्षति:-मृत्यु:-  जम्मा ३७ जना । (डोटीमा मृत्यु  १६ जना ।  डडेल्धुरामा मृत्यु ३ जना:-  बैतडीमा मृत्यु जम्मा ४,बझाङ:- मृत्यु १२ जना, , कैलाली:- १ जान मृत्यु, अछाम :- १)घाईते जम्मा १८  जना । (डोटीमा घाईते १२ जना , ,  डडेल्धुरामा घाइते जम्मा २ जना, बैतडीमा जम्मा घाईते २ जना:- , बझाङ:- घाईते १ जना, बाजुरा :- १ ।पहिरोमा परि बेपत्ता २२ जना:- बझाङमा बेपत्ता जम्मा -१९ जना, कैलाली १जना, बैतडी १ जना, डोटी-१ ।  यातायात अवरुद्ध सम्वन्धि बिवरण:-डडेल्धुरा जिल्लाको  अमरगढी न.पा.वडा नं ११ रडुवाखोला  र गजरौलाको बिच भागमा १०० मिटर जति रोड भाँसिएकोले अबरुद्ध, दुबै तर्फबाट डोजरले बाटो खुलाउने कार्य भईरहेको ।डोटीको वडा एरियामा एकतर्फि बाटो खुलेको दोहोरोतर्फ रोड खुलाउने कार्य भईरहेको ।कञ्चनपुर र कैलालीको एरियामा सडक अवरुद्ध नभएको ।अछाम: राजमार्ग सुचारु भएको । बैतडी: राजमार्ग सुचारु भएको । बझाङ: वित्थडचिर गा.पा २ पैरा , केदारस्यु गा.पा १देउरा , ऐ  नारिगौडा , छविसपाथिभरा गा. पा १ जाली वगर ऐ. मौरी वगर , जयपृथ्वी न.पा ७ कचाली खोला खुलाउने कार्य  भईरहेकको ।दार्चुला:- महाकाली न.पा. वडा नं.५ किम्तडी भन्ने ठाउँमा बाटो अन्दाजि १०/१२ मिटर जति भाँसिई अबरुद्ध भएकोलेस्काईभेटर द्धारा बाटो खुलाउने कार्य जारी ।बाजुरा:-. १ अम्कोट भन्ने स्थानमा२/३ महिना अगाडीदेखि नै बाटो अबरुद्ध भई रहेको, ऐ. ६ बाजुगाडस्थित रोडमा ठूलो ढुङगा आई बाटो अबरुद्ध भएको र बुढीगंगा न.पा. ३ ताप्रिसेरामा पहिरो आई  बाटो अबरुद्ध खुलाउने पहल भईरहेको ।इन्टरनेट:-सबै जिल्लाहरुमा चालुअवस्थामा रहेको ।टेलिफोन:-सबै जिल्लाहरुमा चालुअवस्थामा रहेको ।